६ मंसिर २०८३ ,आईतवार

चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किँदा ११ जना घाइते


काठमाडौं । चितवनको धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किँदा ११ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका ४ धारापानीमा उक्त दुर्घटना भएको हो ।

सर्लाहीदेखि काठमाडौँ आउँदै गरेको बस, काठमाडौँ बाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस आपसमा ठोक्किएका थिए ।

घाइतेहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ ।


प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?