६ मंसिर २०८३ ,आईतवार

भक्तपुरमा नेक्स्टजेन भ्याली–वाइड अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने


भक्तपुर । भक्तपुरमा कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गर्दै नेक्स्टजेन भ्याली–वाइड अन्तरविद्यालय फुटसल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ ।

नेक्स्टजेन एजुकेशन ट्रेनिङ एन्ड रिसर्च सेन्टर प्रा.लि.को आयोजनामा हुन लागेको प्रतियोगिता आगामी मंसिर २६ र २७ गते सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो संस्करण (सिजन १) गोल्डेन सुनगाभा स्पोर्ट्स एकेडेमीमा आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टोलीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता घोषित हुने खेलाडीले जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सहभागी खेलाडीका लागि आयोजकले जर्सीसमेत उपलब्ध गराउने जनाएको छ । विद्यालयस्तरमा फुटसल प्रतिभाको पहिचान, खेल कौशलको विकास तथा प्रतिस्पर्धात्मक खेल संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण साझेदार नमस्ते ख्वप टेलिभिजन रहेको छ ।


प्रकाशित मिति: ३ मंसिर २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?