पनौती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले शुक्रबार पनौती नगर अस्पतालको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले अस्पतालको वर्तमान अवस्था, स्वास्थ्य सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपलब्ध स्वास्थ्य सुविधाबारे जानकारी लिएका हुन्।
सो अवसरमा अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको अवस्था र नागरिकले प्राप्त गरिरहेका सुविधाबारे जानकारी लिँदै उनले स्वास्थ्य सेवालाई थप गुणस्तरीय, सहज र सर्वसुलभ बनाउन आवश्यक सुधार तथा व्यवस्थापनका विषयमा छलफल गरेका थिए।
निरीक्षणका क्रममा अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आवश्यक पूर्वाधार विकास गर्ने तथा नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा समेत चासो राखिएको थियो।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार









