६ मंसिर २०८३ ,आईतवार

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन


डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।

उक्त स्थानमा प्याली कोल्ली र ममता हल्दार दुई जना र जजला त्रिवेदी कुमार नामका पुरुष सहित ६ जना भारतीय पर्यटक फसेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दुनै, डोल्पाले जनाएको छ ।

कार्तिक १४ गते राती उक्त जानकारी आए लगत्तै सुरक्षा समितिको बैठक बसी आवश्यक प्रक्रिया तथा समन्वय गरिएको प्रहरीले जनाएको छ।

सञ्चार सम्पर्कमा समस्या भएका कारण फसेका सबै पर्यटकको पूर्ण विवरण प्राप्त हुन नसकेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।


प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?