१६ आश्विन २०८३, शुक्रबार

ड्युटीमा खटिएका प्रहरी र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ


१६ असोज काठमाडौँ, टेकुस्थित शुक्रराज ट्रफिकल तथा सुरुवा रोग अस्पतालमा ड्युटीमा खटिएका प्रहरी र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंकले कीर्तिपुर नगरपालिका–४ बस्ने ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकीलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि असोज १४ गते राति १ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा पुगेर स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुव्र्यवहार गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

त्यो दिन ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई गाली गलौज गरी, धाक धम्की दिई, हातपातसमेत गरेको सूचना प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?