७ मंसिर २०८३ ,सोमबार

पुनर्निर्माण र पुनस्थापामा जोड दिन प्रधानमन्त्रीलाई मुख्यमन्त्री थापाको सुझाव


१९ असोज काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ १० गतेको बाढीले विस्थापित भएकाहरुको पुनस्थानामा केन्द्रित हुने समय आएको बताउनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले खोज, उद्धार, उपचार र खाद्यान्न सामग्री वितरणको काम सकिसकेको र अब पुनर्निर्माण तथा पुनस्थापनाको दिशामा अगाडि बढ्नुपर्नेमा आफूले जोड दिएको बताएका छन् ।

बाढीले बगरमा परिणत भएका स्थानमा नभइ सुरक्षित र वैकल्पिक स्थानमा नयाँ शहरीकरण गर्नुपर्ने प्रस्ताव राखेको उनको भनाइ छ । विदुर नगरपालिका–२ स्थित ‘लामिडाँडा’ मा रहेको सामुदायिक वन क्षेत्र बस्न योग्य र सुरक्षित भएकाले त्यहाँ नयाँ बस्ती बसाल्न सिफारिस गरिने मुख्यमन्त्री थापाले बताए ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सम्पन्न गर्ने भन्दै ढुक्क हुन प्रभावित प्रदेशका मुख्यमन्त्रीहरूलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?