७ मंसिर २०८३ ,सोमबार

सबै परिक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन


२२ असोज काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्व विद्यालयका सबै परिक्षाको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

त्रिविको ६७औं वार्षिक दिवसको बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् । प्रधानन्त्रीको समेत यस्तै निर्देशन रहेको सुनाउँदै मन्त्री पोखरेलले भने ‘१ महिना भित्र नतिजा ल्याउन कुलपति प्रधानमन्त्रीको पनि निर्देशन छ ।’

कुलपति एंव प्रधानमन्त्रीको अनुपस्थितिमा बैठकको अध्यक्षता गरेका मन्त्री पोखलले मन्त्रालयमा परीक्षा र नतिजा समयमा नभएको गुनासो आउने गरेको बताए ।

बैठकमा मन्त्री पोखरेलले शैक्षिक क्यालेन्डर कार्यान्वयन तथा विश्वविद्यालयको अधिकार विकेन्द्रीकरण गर्न पनि आग्रह गरे ।

सरकार शिक्षा सुधारमा लागेको उल्लेख गर्दै उनले विश्वविद्यालय र विद्यालयको फरक छुट्याउन नसकिएको बताए । उनले भने, ‘विश्वविद्यालय थिङ ट्यांक हो,’ उनले भने, ‘शिक्षा ऐन बनाइ रहेका छौ । पाठ्यक्रम रिफर्मको काम गरिरहेका छौ । शिक्षा नीति नयाँ बनाउने क्रममा छौ । यसमा विश्वविद्यालयको भूमिका बढी हुनुपर्छ ।’

 


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?