२४ असोज भक्तपुर, क्रियाशील पत्रकार मञ्च भक्तपुरको शनिबार सम्पन्न १६औँ वार्षिक साधारण सभा तथा छैटौँ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी र सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरी, सदस्यहरूमा विपिन ढुङ्गाना, संगीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष गिरीले क्रियाशील पत्रकारहरूको साझा संगठनका रूपमा मञ्चलाई विस्तार गर्ने तथा पत्रकारहरूको हकहित र अधिकारका सवालमा आवाज उठाउने बताउनुभयो।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार









