६ मंसिर २०८३ ,आईतवार

बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न


२५ असोज भक्तपुर बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मध्यपुर थिमीको शंखधर पार्टी प्यालेसमा सम्पन्न वार्षिक साधारण सभाको उद्घाटन संस्थाकी ज्येष्ठ सदस्य ९० वर्षीया रामदेवी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष मोहन कृष्ण श्रेष्ठ, सचिव बाल कृष्ण श्रेष्ठ र कोषाध्यक्ष श्याम प्रधानले प्रतिवेदन पेश गर्नुभएको थियो ।

संस्थामा आर्थिक वर्षको अन्त्यसम्ममा ३ हजार ७ सय ५२ जना शेयर सदस्य पुगेको छ । त्यस्तै बचत तथा निक्षेप संकलन १ अर्ब ३४ करोड ३७ लाख ५१ हजार ४ सय २९ पुगेको संस्थाले जनाएको छ । त्यस्तै कुल कर्जा लगानी १ अर्ब ०३ करोड ५९ लाख ७४ हजार ७ सय ८१ रहेको पनि साधारणसभामा जानकारी दिइएको थियो ।

कार्यक्रममा अध्यक्ष मोहन कृष्ण श्रेष्ठले प्रतिवेदन पेश गर्ने क्रममा संस्थामा हाल ऋण जोखिम व्यवस्था गर्नुपर्दा संस्थाले नोक्सानी व्यहोर्नु परेको कुरा उजागर गर्दै ऋृणिहरुलाई समयमा ऋण तिरी संस्थालाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । यद्यपी शेयर सदस्यहरुलाई आइपर्ने समस्या तथा सुख दुःखमा संस्था सँधै साथै रहने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

भक्तपुरको सूर्यविनायक २ मा रहेको संस्थाले हाल मध्यपुर थिमीको शंखधर चोक र ललितपुरको ग्वार्कोबाट सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रकाशित मिति: २५ आश्विन २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?