काठमाडौं प्रधानमन्त्री बालेन शाहले दसैँलाई धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको एकता तथा आत्मीयताको पर्वका रूपमा चित्रण गर्नुभएको छ ।
विजया दशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहलले परिवार र आफन्तसँग भेटघाट गर्ने, ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले नेपाली समाजमा पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यलाई बलियो बनाएको बताउनुभएको हो ।
दसैँको सन्देशलाई सत्यको विजयसँग जोड्दै समाजमा रहेका खराब प्रवृत्तिको अन्त्य गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ छ । उहाँले सन्देशमा भन्नुभयो, ‘सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ’।
प्रधानमन्त्री शाहले विपद्मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गर्दै उहाँले ज्यान गुमाएकाहरुको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले विपद्बाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाको आश्वासन दिनुभएको छ ।
प्रकाशित मिति: ३१ आश्विन २०८३, शनिबार









