६ मंसिर २०८३ ,आईतवार

तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता सुरु, विजेताले ८ लाख पाउने


भक्तपुर । फुटबलर्स मिसन टुगेदर (एफएमटी) को आयोजनामा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । भक्तपुरको सानोठिमी स्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा प्रतियागिता मंगलबारदेखि सुरु भएको हो ।

प्रतियोगिता देखि नोभेम्बर ६ अर्थात कार्तिक २० गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी गर्नुभएको थियो ।

प्रतियोगितामा नेपालका विभिन्न स्थानका भेट्रान्स फुटबल टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताले पूर्व तथा अनुभवी खेलाडीबीच आपसी भाइचारा, एकता र फुटबलप्रतिको लगावलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीमा २० जना खेलाडी रहनेछन् । खेलाडीहरूको उमेर समूहअनुसार तीन जना ४० देखि ४५ वर्ष, छ जना ४५ देखि ५० वर्ष र दुई जना ५० वर्षभन्दा माथिका खेलाडी हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । आकर्षक पुरस्कार राशिसहित आयोजना हुन लागेको प्रतियोगिताले भेट्रान्स फुटबललाई थप प्रोत्साहन गर्ने विश्वास आयोजकले लिएको छ ।


प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?