भक्तपुर । भक्तपुरको कौशलटारमा एक गाडीबाट एक्कासि धुवाँ निस्किएपछि केहीबेर सडक अस्तव्यस्त बनेको छ।
च्यामासिंह–काठमाडौं रुटमा सञ्चालन हुने बा.३ ख. ९६६३ नम्बरको गाडीको इन्जिन तातिएपछि धुवाँ निस्किएको प्रहरी वृत्त ठिमीले जनाएको छ। गाडीबाट धुवाँ निस्किए पनि आगलागी भने नभएको प्रहरीले स्पष्ट पारेको छ।
घटनापछि केहीबेर सडकमा सवारी आवागमन प्रभावित भएको थियो। अहिले सडकको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलवार









