७ मंसिर २०८३ ,सोमबार

महालक्ष्मीस्थान–कमलविनायक सडक स्तरोन्नतिका लागि पहल


भक्तपुर । भक्तपुर नगरपालिका–१० अन्तर्गत नगरकोट जाने सडकखण्डको महालक्ष्मीस्थानदेखि कमलविनायक चोकसम्मको सडक स्तरोन्नतिका लागि पहल गरिएको छ ।

सडक स्तरोन्नति गरी स्थानीयवासीको आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउन माननीय प्रमिला कुलुजुले सडक डिभिजन कार्यालय भक्तपुर पुगेर डिभिजन प्रमुखसँग छलफल गर्नुभएको हो ।

उहाँले सडक स्तरोन्नतिको काम शीघ्र कार्यान्वयन गर्न आवश्यक पहल गर्नुभएको जनाइएको छ । स्थानीय बासिन्दाहरूका अनुसार महालक्ष्मीस्थानको उकालोदेखि कमलविनायक चोकसम्मको सडक खण्ड निकै साँघुरो र व्यस्त रहने गरेको छ, जसले गर्दा सो क्षेत्रमा सवारी जाम र आवतजावतमा सास्ती हुने गरेको छ।


प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?