७ मंसिर २०८३ ,सोमबार

भक्तपुर नगरपालिकामा कार्तिक २४ गते भाईटीका मनाइने


 

भक्तपुर । भक्तपुर नगरपालिकामा मा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने निर्णय भएको छ । भक्तपुर नगरपालिकाले स्वन्ति नखाः अर्थात तिहार मनाउने विषयमा भक्तपुर तलेजुका पुजारीहरु, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीहरु सँग छलफल गरी उक्त निर्णय गरेको हो ।

नेपाल पन्चाङ्ग निर्णायक समितिले भने कार्तिक २४ गते म्ह पूजा र २५ गते किजा पूजा गर्ने निर्णय गरेको छ । त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लक्ष्मी पुजा, म्हःपुजा र किजा पूजा गर्ने विषयमा फरक फरक मितिहरु सार्वजनिक भएकाले सर्वसाधरणलाई अन्यौलमा नपर्न आग्रह् गदै नगरपालिकाले निर्णाय गरेका मितिहरुमा लक्ष्मी पुजा, म्ह पुजा र किजा पूजा गर्न आग्रह समेत गर्नुभएको छ ।

भक्तपुर नगरपालिकाले हरेक वर्ष तिहारका लागि छुट्टै तिथी सार्वजनिक गर्ने गरेको छ ।

ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पूजारी सिद्रिविर कर्माचार्य, नेपाल ज्योतिष परिषद भक्तपुर जिल्ला निवर्तमान अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशि, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमाला लगाएको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको भक्तपुर नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?