काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकारमाथि धरपकड गर्ने घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिइएको जानकारी दिए। सञ्चारगृहमा प्रवेश गरी पत्रकार धरपकड गरेको घटनाको छानबिन तथा कारबाही प्रक्रियामा कुनै ढिलासुस्ती नगर्न पार्टीले स्पष्ट निर्देशन दिएको उनको भनाइ छ।
प्रवक्ता खरेलले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै आगामी दिनमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, पत्रकारमाथि धरपकड गर्ने तथा समाचार लेखेकै आधारमा पक्राउ गर्ने जस्ता गतिविधि नगर्न सरकारलाई निर्देशन दिएको बताए।
उनले भने, ‘हिजो जुन घटना भयो त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले ग¥यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।’
उनले सञ्चारमाध्यम र पत्रकारको स्वतन्त्रतामाथि हुने हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार









