बाजुरा । बजुराको बडिमालिकामा भारी हिमपात पछि हराइरहेका युवक मृत फेला परेका छन् ।
भारी हिमपातपछि सम्पर्कविहिन रहेका कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका २० वर्षे मनिष बोहरा मृत फेला परेको प्रहरीले जनाएको छ ।
हराइरहेका युवकको खोजी गर्ने क्रममा उनको शब बडिमालिकास्थित त्रिवेणी पाटन नजिकै भेटिएको उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीलाई उद्धृत गर्दै प्रमुअ जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार









