पनौती । पनौती नगरपालिकास्थित काभ्रे इंग्लिश सेकेण्डरी स्कुलले ‘काभ्रे स्पोर्ट्स मिट २०८३’ आयोजना गरेको छ। सोमबार विद्यालय प्रांगणमा एक कार्यक्रमबीच स्पोर्ट्स मिटको भव्य उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा विद्यार्थीहरूले विभिन्न मार्चपास, ड्रिल डान्समार्फत ब्यानर प्रदर्शन, करातेको काता लगायतका गतिविधि प्रस्तुत गरेका थिए।

कात्तिक २० गतेसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा विद्यालयमा अध्ययनरत करिब १ हजार ३०० विद्यार्थीले ६० भन्दा बढी खेलकुद विधामा सहभागिता जनाउने विद्यालयका प्रधानाध्यापक वसन्त नेपालले जानकारी दिनुभयो।
विद्यार्थीहरू किताबी शिक्षामा मात्र सीमित नभई खेलकुदका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक नेपालले बताउनुभयो। साथै, यसले विद्यार्थी–शिक्षक तथा विद्यार्थी–अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।
स्पोर्ट्स मिटको उद्घाटन काभ्रे एजुकेसन डेभलपमेन्ट फाउन्डेसनका अध्यक्ष जगन्नाथ अवाले ‘प्लेयर अफ द इयर २०८२’ मुना स्याङ्तानलाई टर्च हस्तान्तरण गरेर गर्नुभएको थियो।
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार









