६ मंसिर २०८३ ,आईतवार

नागरिकसँगको दूरी कम गर्नुस्ः मन्त्री गुरुङ


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दुरी घटाउने तर्फ केन्द्रित हुन प्रहरी संगठनलाई निर्देशन दिएका छन् ।

गुरुङले प्रहरीको व्यवहार नागरिक मैत्री हुनुपर्नेमा जोड दिँदै नागरिक र प्रहरीबीचको दूरी घट्नुपर्ने बताएका हुन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई दज्र्यानी चिन्ह प्रदान गर्दै मन्त्री गुरुङले भने, ‘नागरिकसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुहोला। नागरिक र प्रहरीबीचको ग्याप अब रहनु हुँदैन। दूरी कम हुँदै गएको छ, यसलाई अझै घटाउँदै लैजानुपर्छ।’

उनले कामका शिलशिलामा कुनै कठिनाइ भए मन्त्रालयले साथ दिने प्रतिवद्धता जनाए ।


प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?