६ मंसिर २०८३ ,आईतवार

मोर्डन चित्रपुरमा म्हः पूजाको उत्सब


भक्तपुर । नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा म्हः पूजा तथा नेपाल संवत् नयाँ वर्षको अवसरमा मोर्डन स्कुल, चित्रपुरले म्हः पूजाको पूर्वउत्सव आयोजना गरेको छ।

नेवार समुदायमा म्हः पूजालाई आफ्नै शरीरको पूजा तथा सम्मान गर्ने विशेष पर्वका रूपमा लिने गरिन्छ। आत्मसम्मान, शारीरिक तथा मानसिक शुद्धता, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने यस पर्वको सांस्कृतिक तथा धार्मिक महत्त्व विद्याथीलाई बुझाउने र संस्कृतिको पुस्तान्तरण गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल संवत् नयाँ वर्षको अवसरमा मनाइने म्हः पूजाले मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

मोर्डन चित्रपुरले आयोजना गरेको म्हः पूजाको पूर्वउत्सवका झलकहरूले विद्यालयस्तरबाटै मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयासलाई उजागर गरेको छ।

 


प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?