६ मंसिर २०८३ ,आईतवार

आइजीपीबाट हटाइएका कार्की सर्वोच्च पुगे


काठमाडौं । जिम्मेवारी हेरफेर गरिएको भन्दै नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्की सर्वोच्च पुगेका छन् ।

महानिरीक्षक बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका कार्की पुनर्वाहालीको माग सहित सर्वोच्च पुगेका हुन् । बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेको बताइएको छ ।

कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले उनको रिट सर्वाच्चमा दर्ताको प्रकृयामा रहेको बताए । मन्त्रिपरिषद्को निर्णय अनुसार डा मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनको कार्यकाल २०८४ चैत्र २७ सम्म कार्यकाल बाँकी छँदै पदबाट हटाइएका हुन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?