६ मंसिर २०८३ ,आईतवार

सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ सम्पन्न, कटुन्जे ब्याडमिन्टन क्लब बन्यो च्याम्पियन


भक्तपुर । सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ सम्पन्न भएको  छ ।

सूर्यविनायक नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा दुई स्वर्ण र दुई रजत जित्दै कटुन्जे ब्याडमिन्टन क्लब समग्र टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा पुरुष एकल यू– १७ तर्फ कटुन्जे ब्याडिमिन्टन क्लबका अच्युत ढुंगेल प्रथम र सोहि क्लबका सुलभ थपलिया दोस्रो हुन सफल भए ।

त्यस्तै पुरुष एकल खुलातर्फ डीसीबीका रेसोड सुवाल प्रथम सोहि क्लबका बिराज बोहोरा दोस्रो तथा डीसीबीकै अस्तमान चक्रधर र पीबीजीका कान्तिराम ढुंगाना तृतीय भए । पुरुष युगलतर्फ कटुन्जे ब्याडमिन्टन क्लबका विशाल श्रेष्ठ र राजकुमार निरौलाको जोडी प्रथम भएको छ। डीसीबीका कुमार शाक्य र रोचक राईको जोडी दोस्रो तथा एसवाईसीका रवीन्द्र घेमोसु र राजेश खाइतु एवं सीवाईसीका जयराज खड्का र प्रज्ज्वल पाण्डेको जोडी तृतीय भएको छ।

प्रतियोगिताको समापन समारोहमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले विजेता क्लबलाई मेडल ट्रफी र नगद रु ३०००० तथा उपविजेता क्लबलाई मेडल ट्रफी र रु २०,००० र तृती हुने क्लबलाई मेडल ट्रफी र रु १०००० पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो। साथै उत्कृष्ट खेलाडी दीपक बस्नेत बन्न सफल हुनुभएको थियो। उहाँलाई ट्रफी र नगद रू ८००० तथा उदयमान खेलाडी बन्न सफल अचुत ढुङ्गेल लाई ट्रफी तथा नगद रु ५०००वितरण गरियो ।

विभिन्न विधाका विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रममा उपस्थित अतिथिहरूले पनि पुरस्कार वितरण गर्नुभएको थियो।केन्द्रीय उपाध्यक्ष वचन देउजा, सूर्यविनायक नगरपालिकाका नगर प्रवक्ता रवीन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, नगर खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापा, कार्यपालिका सदस्य शर्मिला लम्साल बस्नेत तथा जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्र प्रजापतिलगायतको उपस्थिति रहेको थियो।

सूर्यविनायक नगरपालिकामा नगर खेलकुद विकास समिति गठन भएपछि नगरस्तरमा खेलकुद गतिविधि विस्तार हुँदै गएको छ। समितिमार्फत विभिन्न खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन्। यसअघि फुटबल प्रतियोगिता आयोजना गरेको नगरपालिकाले अहिले ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको हो।


प्रकाशित मिति: २२ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?