६ मंसिर २०८३ ,आईतवार

मन्दः धेँधे बल्ला प्रतियोगितामा सिद्धिकाली युवा समाज प्रथम


भक्तपुर । नवरत्न लाइफ स्कुलको आयोजनामा सम्पन्न मन्दः धेँधे बल्ला प्रतियोगितामा सिद्धिकाली युवा समाज, कुतिंचिवा, लाछिले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा बालकुमारी बाँसुरी खलः, क्वलाखु, बालकुमारी द्वितीय र लिधंसा पुचः, चोदे तृतीय भएका छन् । त्यस्तै, न्ह्यज्या खलः, मध्यपुर थिमि र महालक्ष्मी महिला समूह, चोदेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा विभिन्न २१ वटा खलः, पुचः तथा संघ–संस्थाहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताको सफल आयोजनाका लागि मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रतिनिधिसभा सदस्यहरू मदनकृष्ण श्रेष्ठ र रुकेश रञ्जित, नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायत विभिन्न जनप्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा सुशील राजउपाध्याय, शान्तरत्न बज्राचार्य र सुन्दर श्रेष्ठ रहनुभएको थियो ।


प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?