६ मंसिर २०८३ ,आईतवार

भुमिदेवी युथ क्लबलाई मेलम्ची सेभेन ए साइड फुटबलको उपाधि


सिन्धुपाल्चोक । भुमिदेवी युथ क्लबले मेलम्चीमा आयोजित सेभेन ए साइड खुला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार मेलम्चीमा सम्पन्न फाइनल खेलमा नयाँपाटी युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै भुमिदेवीले उपाधि आफ्नो पक्षमा पारेको हो । भुमिदेवीको जितमा सागर गोलेले दुवै गोल गर्दै टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले ।

हाम्रो टिम मेलम्चीको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता भुमिदेवी युथ क्लबले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता नयाँपाटी युथ क्लबले नगद ५० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ ।

प्रतियोगितामा फेयर प्ले अवार्ड पाँचपोखरीले प्राप्त गर्न सफल भयो । सर्वोत्कृष्ट खेलाडि पाँचपोखरीका टिकाराम तामाङ, उत्कृष्ट गोलरक्षक भूमिदेवीका नविन सिलवाल घोषित भए । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका भुमिदेवीका सागर गोले म्यान अफ द म्याच घोषित भए । त्यस्तै, प्रतियोगिताभर ६ गोल गरेका नयाँपाटी युथ क्लबका सागर तामाङ सर्वाधिक गोलकर्ता बने ।

 


प्रकाशित मिति: ६ मंसिर २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?