भक्तपुर । भक्तपुर प्याब्सनसँगको समन्वयमा आयोजित प्रतिभाको आँगन The Dance Reality Show Season 5 सम्पन्न भएको छ ।
मध्यपुर थिमिको बोडेस्थित कृषि तालिम केन्द्रमा मंगलबार सम्पन्न सिजन ५ को विजेता युमिसा तामाङ र रितिका श्रेष्ठ हुन सफल भए । मिनर्भा इंग्लिस बोर्डिङ स्कुलका तामाङ सिनियरतर्फ प्रथम हुन सफल भइन् भने गोल्डेन सुनगाभाकी रितिका श्रेष्ठ जुनियर तर्फ विजेता बन्न सफल भएकी हुन् ।
प्रतियोगितामा सिभिएम सेकेण्डरी स्कुलका प्रिन्स बस्नेत दोस्रो र मिनर्भाका दर्शन गोले तेस्रो हुन सफल भए । यस्तै ग्लाड स्टोनकी आकृती खड्का र विङ्स एकेडेमीकी प्रतिभा श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए । यस्तै जुनियरतर्फ मातृभूमी स्कुलकी सुरभी सुमन शाक्य दोस्रो, मातृभूमीकै रेजिसा श्रेष्ठ तेस्रो हुन सफल भए । यसैगरी इम्यानुअल इंग्लीश बोर्डिङ स्कुलकी दिपशिखा श्रेष्ठ र विङ्स एकेडेमीकी ताया भुजेलले सान्त्वना पुरस्कार प्राप्त गरे ।
विजेताहरुले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५—५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा सिनियरतर्फ एभ्रेष्ट इंग्लीश स्कुलकी सिम्रन महत, नविन स्कुलकी स्प्रिया अधिकारी, क्याण्डिड करियरकी मनिषा तामाङ, अमिनिटी स्कुलकी अदिती भण्डारी र माउण्ट भ्यालीकी प्रस्तुती मानन्धरले आफ्नो प्रस्तुती दिएका थिए ।
त्यस्तै जुनियरतर्फ मोर्डन स्कुल दधिकोटकी श्रीया थापा, मनोरम बोर्डिङ स्कुलकी सेलेना कासुला, क्याण्डिड करियरकी सुजु राना मगर, ग्लाडस्टोनकी अश्लेषा बस्नेत, गोल्डेन गेटका नित्यम रिजाल, माउण्ट भ्यालीकी इभा मारिखु र क्याडिडकी समिक्षा श्रेष्ठले आफ्नो प्रस्तुती दिएका थिए ।
प्रतियोगितालाई जुम ब्युटी एकेडेमीले टाइटल स्पोन्सर गरेको थियो भने होटल दाची, बि बर्गर एण्ड रियल किचेन, भेदान्त एकेडेमी, अभ्युदय साकोस, केदारनाथ साकोस, सम्पूर्ण युनिफर्मले प्रायोजन गरेका थिए । प्रतियोगितामा भक्तपुर जिल्ला प्याब्सन अन्तर्गतका ५९ वटा विद्यालयका ७ सय २९ जनाले सहभागिता जनाएका थिए ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलवार









