६ मंसिर २०८३ ,आईतवार

मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुस सहित पक्राउ


भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा छापा मारेको छ ।

टोलीले नगरपालिकामा ठूलो मात्रामा घुसको चलखेल भइरहेको सूचनाका आधारमा छापा मारी केहि कर्मचरीलाई समेत नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे लगायतका कर्मचारीलाई ३३ लाख रुपैयाँ घुस सहित मध्यपुर थिमीको निकोसेराबाट पक्राउ गरेको बताएको छ ।

टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। घुस लेनदेनको सूचना पाएपछि निगरानी बढाइएको र सोमबार छापा मारेको अख्तियारले जनाएको छ।


प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?