६ मंसिर २०८३ ,आईतवार

मुख्यमन्त्री किरण थापा मगरद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन


भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार मध्यपुर थिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा मुख्यमन्त्री थापामगरले अस्पतालको समग्र अवस्था, बिरामीले प्राप्त गरिरहेको स्वास्थ्य सेवा तथा सेवा प्रवाहका विषयमा जानकारी लिनुभएको हो।

हरेक नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उहाँले नागरिकलाई सरल, सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको दायित्व भएको बताउनुभयो।

अस्पतालमा बिरामीले पाइरहेको सेवाको अवस्था बुझ्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने, आवश्यक स्वास्थ्य सेवाको विस्तार गर्नुपर्ने तथा सुधार गर्नुपर्ने विषयमा उहाँले चासो व्यक्त गर्नुभयो।

अनुगमनका क्रममा अस्पतालको सेवा प्रवाह सुधार तथा स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सम्बन्धित पक्षलाई केही महत्वपूर्ण निर्देशनसमेत दिनुभएको छ।


प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?