६ मंसिर २०८३ ,आईतवार

बनेपामा भारतीय ग्यास बुलेटको ठक्करबाट बालकको मृत्यु, बुबा आमा घाइते


 भक्तपुर  काभ्रेको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

शनिबार विहान काठमाडौंबाट बनेपा जाँदै गरेको भारतीय नम्बर प्लेटको HR38AL1634 नम्बरको ग्यास बुलेटले ग्यास बुलेटले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको सन्धिखर्क गाउँपालिका–६ का चन्द्र बुढाथोकीका ९ बर्षीय छोराको मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका चन्द्रका छोरा जुवासलाई उपचारका लागि अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बुढाथोकी दम्पती घाइते भएका छन् । उनीहरुको बनेपाकै शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रकाशित मिति: ३१ आश्विन २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?