संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार कात्तिक ११ गते बिहान करिब ९ बजे मादक पदार्थ सेवन गरेका ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले आफ्नी ४९ वर्षीया श्रीमती मिङ्माछिकी शेर्पालाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर बनेकी मिङ्माछिकीको मृत्यु भएको हो।
घटनामा संलग्न तेम्बा रिन्जे शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार









