६ मंसिर २०८३ ,आईतवार

मित्रश्री पाठशाला चाँगुनारायण नगरपालिकाको उतकृष्ट विद्यालयको रुपमा सम्मानित


भक्तपुर । शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) को BLE र माध्यमिक शिक्षा परीक्षा SEE मा शतप्रतिशत नतिजासहित उत्कृष्ट सफलता हासिल गरेको मित्रश्री पाठशाला चाँगुनारायण नगरपालिका बाट सम्मानित भएको छ।

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र दुवै परीक्षामा GPA ४ प्राप्त गर्ने र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुने मित्रश्री पाठशाला एकमात्र विद्यालय हो।
समारोहमा SEE परीक्षामा GPA ४ प्राप्त गर्ने मित्रश्री पाठशालाका विद्यार्थी अमीर थिङ र BLE परीक्षामा GPA ४ ल्याउन सफल विद्यार्थी रोज बस्नेतलाई सम्मान गरिएको थियो। ‘सबैभन्दा ठूलो कुरा आफूमा विश्वास गर्नु र डरलाई जित्नु’ महत्वपूर्ण रहेको विद्यार्थी रोज बस्नेतले बताईन ।
उनले यस उपलब्धिको श्रेय सम्पूर्ण शिक्षक, विद्यालय र अभिभावकलाई दिइन्।

विद्यालयको निरन्तर मेहनत, प्रभावकारी शिक्षण सिकाइ, शिक्षकहरूको समर्पण, विद्यार्थीको लगनशीलता तथा अभिभावकको सहयोगका कारण यो सफलता सम्भव भएको विद्यालयका प्रिन्सिपल दीपक विष्टले बताउनुभयो ।

भक्तपुरमा उत्कृष्ट शैक्षिक तथा अतिरिक्त क्रियाकलापको केन्द्रको रूपमा स्थापित उक्त विद्यालयलाई मिलेको सम्मानले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न थप ऊर्जा, प्रेरणा र जिम्मेवारी थपेको समेत उहाँले जानकारी दिनुभयो ।

उक्त समारोहमा नगर क्षेत्रका न्एब् ४ प्राप्त गर्ने अन्य विद्यार्थी, शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?