६ मंसिर २०८३ ,आईतवार

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान करिब ६ः४० बजे चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो ।

दुर्घटनामा बसमा सवार २५ जना सामान्य तथा मध्यम घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।


प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?