६ मंसिर २०८३ ,आईतवार

“नेपाल संवत् नेवाः समुदायको मात्र होइन यो राष्ट्रिय सम्वत् हो”–अध्यक्ष ज्ञानीराम श्रेष्ठ


भक्तपुर । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानिराम श्रेष्ठले नेपाल संवत् नेवारहरुको मात्र संवत् हो भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

नेपाल संवत् ११४७ तथा शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै श्रेष्ठले यो संवत्को अपनत्व ग्रहण गर्न सबैलाई आग्रह गर्नुभयो । नेपाल संवत् राष्ट्रिय संवत् रहेको उल्लेख गर्दै उहाँले यो नेवारहरुको मात्र संवत् हो की भन्ने भ्रममा पर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नु भयो । उहाँले प्रश्न गर्नुभयो, “नेपाल संवत् नेपालको नभए कसको हुन्छ? इस्वी संवत् कसको हो भन्ने भ्रम कसैलाई छैन तर नेपाल संवत्बारे किन अन्यौल ?”

उहाँलेनेपाल संवत् नेपाली नोटमा उल्लेख हुनुपर्नेमा जोड दिनु भयो । नेपाल संवत् आन्दोलनका अगुवाहरु र यसका प्रवर्तक नेवाः समुदायबाट भएपनि यो समग्र राष्ट्रको पहिचान बोकेको सम्वत् भएको उहाँको भनाइ थियो ।

श्रेष्ठले नेपाल संवत्लाई अझै प्रवर्द्र्धन गर्नका लागि सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।


प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?