काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
सिराहाको सिराहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पु¥याइएका दुबैजनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहीबार









