६ मंसिर २०८३ ,आईतवार

‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ सुरु


भक्तपुर । भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ सुरु भएको छ ।

पठन संस्कृतिको प्रवर्द्धन तथा बालबालिका एवं विद्यार्थीहरूमा अध्ययन बानीको विकास गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ भक्तपुरले आयोजना गरेको प्रदर्शनीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्नुभयो ।

​भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा प्रत्येक दिन बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

​प्रदर्शनीमा विभिन्न विधा तथा भाषाका पुस्तकहरूको वृहत स्टल रहनुका साथै पुस्तक विमोचन, साहित्य वाचन, कला प्रतियोगिता, अन्तरक्रिया तथा परम्परागत नेवारी परिकारका स्वादिला स्टलहरू समावेश गरिनेछ। विभिन्न विद्यालय, कलेज, पुस्तकालय तथा साहित्यकारहरूको सक्रिय सहभागितामा यसलाई शैक्षिक तथा सांस्कृतिक मेलाका रूपमा अघि बढाइने बताइएको छ।
प्रदर्शनी शनिबार सम्म चल्नेछ ।


प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?