काठमाडौं । भारतको मध्य प्रदेशमा दिपावली मनाउने क्रममा आगलागि हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । दिपावलीको राती मध्य प्रदेशस्थित कटनीमाी एक भवनमा आगलागी भएको हो । मृत्यु हुनेमा करिब ७० वर्ष उमेरका दुई ज्येष्ठ नागरिक, एक महिला र तीन बालबालिका रहेका छन् ।
भारतीय संचार माध्यम द इन्डियन एक्स्प्रेस अनुसार भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग सञ्चालनमा थियो । माथिल्लो तलामा परिवार बस्दै आएको थियो ।
आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुमान अनुसार दियोबाट आगो सल्किएको वा विद्युत् सर्ट भएका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।
परिवराका अन्य ४ जनालाई उद्धार गरी अस्पताल लगिएको छ ।
प्रकाशित मिति: २३ कार्तिक २०८३, सोमबार









