६ मंसिर २०८३ ,आईतवार

सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदै


भक्तपुर । ‘सूर्यविनायक मेयर कप जिल्ला अन्तर क्लबस्तरीय ब्याडमिन्टन प्रतियोगिता’ आयोजना हुने भएको छ ।

कात्तिक १३ गते शुक्रबार बसेको सूर्यविनायक नगर खेलकुद विकास समितिको बैठकले आगामि कात्तिक २१ गतेदेखि २३ गतेसम्म जिल्ला अन्तर क्लबस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले आगामी मंसिर महिनाभित्र राष्ट्रपति रनिङशील प्रतियोगिता समेत आयोजना गर्ने निर्णय गरेको छ । नगरभित्रका खेल प्रतिभाको पहिचान तथा स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्धेश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको समितिका सदस्य सचिव दिपक थापाले बताउनुभयो ।

यसअघि समितिले अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।


प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?