६ मंसिर २०८३ ,आईतवार

बझाङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, ६ जना घाइते


काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । दुर्घटनामा केदारस्युँ गाउँपालिका ७ काँडाचौरका पविता धामी र गोपाल धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार विहान केदारस्युँ गाउँपालिका ७ काँडाचौरमा सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् । केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी सामान्य घाइते छन् ।

प्रहरीका अनुसार जिपको ब्रेकफेल भइ सडकबाट एक सय मिटर तल खसेको थियो ।


प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?