३० असोज भक्तपुर सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपधि वडा नं १० ले जित्न सफल भएको छ ।
शुक्रबार भएको फाइनलमा वडा नं ९ लाई ३–१ गोलले पराजित गर्दै वडा नं १० ले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । खेल सुरु भएको २ सेकेण्डमै वडा नं १० ले गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको वडा नं १० ले दोस्रो हाफमा पुनः १ गोल गर्न सफल भयो ।
वडा नं ९ ले खेलको अन्तिम समयमा सान्त्वना गोल फर्काउन सफल भयो । उपाधिसँगै वडा नं १० ले एक लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी तथा मेडल प्राप्त गर्यो । उपविजेता बनेको वडा नं ९ ले नगद ५० हजार रुपैयाँ ट्रफी तथा मेडल प्राप्त गर्यो ।
शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा वडा नं ४ ले वडा नं ८ लाई ४–१ गोलले पराजित गर्यो । तेस्रो भएको वडा नं ४ ले नगद २५ हजार र चौथो भएको वडा नं ८ ले १० हजार रुपैयाँ सहित ट्रफी तथा मेडल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ष्ट खेलाडि वडा नं १० का युग देउजा बन्न सफल भए । देउजाले नगद १० हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी प्रतिगितामा उत्कृष्ट प्रशिक्षक वडा नं ९ का प्रशिक्षक दिपेश खत्री, उत्कृष्ट गोलकिपर वडा नं १० कै अस्मिन देउजा र सर्वाधिक गोलकर्ता वडा नं १० कै रोजित खत्री बन्न सफल भए । तीनैजनाले जनही ५ हजार तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार









