काठमाडौं । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा उपस्थित भएका छन् ।

जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिनको दोस्रो खेलमा इनिङ्स ब्रेकका क्रममा अख्तर मैदानमा देखिएका हुन् । उनले मैदानबाटै उपस्थित क्रिकेट समर्थकहरूलाई अभिवादन गरेका थिए ।

विश्व क्रिकेटमा तीव्र गतिका बलरका रूपमा परिचित अख्तरको नाममा प्रतिघण्टा १६१.३ किलोमिटरको गतिमा बलिङ गरेको कीर्तिमान छ । सन् २००३ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध उनले बनाएको यो कीर्तिमान हालसम्म पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा आधिकारिक रूपमा मापन गरिएको सबैभन्दा तीव्र बलिङ गति हो ।
Photo source: NPL Page
प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलवार









