भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४, दधिकोटस्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी भएको छ।
बिहीबार भएको उक्त घटनामा बिजुलीका तारहरूमा सामान्य क्षति पुगेको छ। आगलागीको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय, भक्तपुरअन्तर्गत जुद्ध बारुण यन्त्र शाखाको दमकल घटनास्थलमा समयमै पुगेर आगो नियन्त्रणमा लिएको थियो।
दमकलको समयमै उपस्थितिका कारण आगलागी थप फैलिन नपाएको जनाइएको छ।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहीबार









