६ मंसिर २०८३ ,आईतवार

१९औँ फेका अन्तरविद्यालय फुटबल प्रतियोगिता तथा मार्चपास्ट आयोजना हुँदै


काठमाडौं । फेयर एजुकेसन कम्पिटिटर्स एसोसिएसन (फेका) को आयोजनामा १९औँ फेका अन्तरविद्यालय फुटबल प्रतियोगिता तथा अन्तरविद्यालय मार्चपास्ट प्रतियोगिता आयोजना हुने भएको छ ।

एसोसिएसनले सार्वजनिक गरेको सूचनाअनुसार फुटबल प्रतियोगिता आगामी मंसिर १८ गते शुक्रबारदेखि सञ्चालन हुनेछ । त्यस्तै, अन्तरविद्यालय मार्चपास्ट प्रतियोगिता मंसिर २६ गते शनिबार आयोजना गरिनेछ ।

विद्यालयस्तरमा खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन आयोजकले विभिन्न विद्यालयलाई आमन्त्रण गरेको छ ।

फेकाले प्रतियोगितामा सहभागिताका लागि इच्छुक विद्यालयहरूलाई आह्वानसमेत गरेको छ ।


प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?