६ मंसिर २०८३ ,आईतवार

तिहार र छठलाई लक्षित गर्दै १९औँ गोदावरी फूलको प्रदर्शनी सुरु


 

काठमाडौं । ललितपुरमा तिहार तथा छठ पर्वलाई लक्षित गरी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा अवलोकनका साथै विभिन्न प्रजातिका फूल तथा बिरुवा खरिद गर्न सकिनेछ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनीमा नेपालमा उत्पादित गोदावरीका विभिन्न जातका फूल तथा यसै वर्ष भित्र्याइएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिएका छन्। प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्द्धन गर्नुका साथै चाडपर्वका बेला फूलको माग पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा कुल ८६ वटा स्टल रहेका छन्। तीमध्ये ७८ वटा व्यावसायिक, एउटा प्लान्ट क्लिनिक, चारवटा आधिकारिक, दुईवटा प्रतियोगितात्मक र एउटा फोटो सेल्फी स्टल रहेका छन्। प्रदर्शनीमार्फत फूल तथा बिरुवाको विविधता अवलोकन गर्न, खरिद गर्न र पुष्प खेतीसम्बन्धी जानकारी लिन सकिनेछ।


प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?