भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ हुने भएको छ ।
प्रतियोगिता आगामी मंसिर ९ गतेदेखि ११ गने सम्म हुने नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो । बुधबार नगरपालिकामा बसेको तयारी बैठकले प्रतियोगितामा सहभागि हुन इच्छुक विद्यालयहरुले आगामी मंसिर ४ गतेसम्म नाम दर्ता गराइसक्नु पर्ने निर्णय गरेको हो ।
नगरपालिका भित्र रहेको खेल प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्त्र्राष्ट्रिय प्रतियोगितासम्म पुग्नको लागि मार्ग प्रशस्त गर्ने उद्धेश्यले हरेक वर्ष नगरले प्रतियोगिता आयोजना गर्दै आएको सामाजिक विकास समिति संयोजक तथा नगर प्रवक्ता समेत रहेका रविन्द्र सापकोटाले बताउनुभयो ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार









