७ मंसिर २०८३ ,सोमबार

गुणस्तर सुधारका लागि चाँगुनारायण नगरपालिकाको प्रतिबद्धता: पूर्व प्रअ, अवकाश प्राप्त शिक्षक र उत्कृष्ट विद्यार्थी सम्मानित


 

चाँगुनारायण, भक्तपुर। चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्रको शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित उक्त कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, अवकाश प्राप्त शिक्षक तथा जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

नगरपालिकाका अनुसार नगरभित्रका शैक्षिक संस्थाहरूको चौतर्फी विकास र गुणस्तर सुधारमा विद्यालय, शिक्षक र व्यवस्थापन पक्षले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरिएको हो।

उक्त समारोहमा शैक्षिक क्षेत्रमा लामो समय योगदान दिएका अवकाश प्राप्त शिक्षक र पूर्व प्रधानाध्यापकहरूलाई उनीहरूको सेवाको सम्मान गर्दै विदाई तथा सम्मान गरिएको थियो। यसका साथै, वि।सं। २०८२ सालको माध्यमिक शिक्षा परीक्षा SEE मा शत प्रतिशत नतिजा हासिल गर्न सफल भएका नगरपालिका भित्रका विद्यालयहरूलाई पनि प्रोत्साहनस्वरूप  सम्मान गरिएको थियो

कार्यक्रममा बोल्दै नगरका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको जग बलियो बनाउन शिक्षक र व्यवस्थापनको भूमिका अनमोल रहने चर्चा गर्दै आगामी दिनमा शैक्षिक स्तरलाई थप उचाइमा पुर्‍याउन नगरपालिकाले निरन्तर सहकार्य र प्रोत्साहनका कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएका छन्।


प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?