भक्तपुर । नेपाल संवत्लाई नेपालीको मौलिक पहिचान र गौरवका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले जोड दिएका छन् ।
मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद रञ्जितले नेपाल संवत् नेपालीको मौलिक पहिचानसँग जोडिएको विषय भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने बताए ।
उनले नेपाल संवत्लाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको उल्लेख गर्दै नेपाल सरकारले यसको प्रवर्द्धनका लागि गरिरहेका प्रयासको प्रशंसा गरे ।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा नेपाल संवत् र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तित्वलाई एक लाख ११ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने सरकारी प्रतिबद्धता पनि सकारात्मक रहेको उनको भनाइ थियो ।
प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलवार









