भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न ८ मा रहेको गणेश माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा संगीता मिजार नियुक्त हुनुभएको छ । यसअघि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सूर्वविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत हुनुहुन्थ्यो ।
विद्यालयले शुक्रबार एक कार्यक्रम आयोजना गरी बस्नेतलाई विदाई तथा मिजारलाई विद्यालय व्यवस्थापन समितिमा स्वागत गरेको हो ।
बस्नेतले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा ४ वर्ष ६ महिना महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुभएको छ । बस्नेतले आफ्नो कार्यकाल अवधिमा विद्यालयको शौक्षिक तथा प्रशासनिक विकासमा उल्लेखनिय भुमिका निर्वाह गर्नुभएको भन्दै विद्यालयले धन्यवाद व्यक्त गरेको छ ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार









