८ मंसिर २०८३ ,मंगलवार

भीमफेदीमा ५०० मिटर तल खस्यो माइक्रोबस: चालकसहित १० जनाको मृत्यु, ५ जना घाइते


 

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

आज बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश ३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

प्राप्त प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला माइक्रोबसमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइतेको उद्धार गरिएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको छ । मृतक तथा घाइतेहरूको पहिचान र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहीबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?