काठमाडौं । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ स्थित फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा एक विदेशी नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घाइतेलाई उपचारका लागि प्रभु हेलिकप्टरमार्फत लुक्ला पठाइएको छ।
मृतकको पहिचान खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलवार









