८ मंसिर २०८३ ,मंगलवार

सूर्यविनायक–५ मा नेपाल संवत् ११४७ रौनक


 

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५ को आयोजनामा नेपाल संवत् ११४७ भव्य रूपमा मनाइएको छ ।

नेपाल संवत्को नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा टोल सुधार समिति, ओम शान्ति, विभिन्न सहकारी संस्था, धिमे खल तथा वडावासीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा करिब ६ सय ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

स्थानीय समुदाय, विभिन्न संघसंस्था तथा वडावासीलाई एकै ठाउँमा जोड्दै मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमले नेपाल संवत्को ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई नयाँ पुस्तामाझ परिचित गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?