८ मंसिर २०८३ ,मंगलवार

विनायकका तुलज प्रजापति अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि छनोट


भक्तपुर । विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा अध्ययनरत तुलज प्रजापति अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि छनोट हुन सफल भएका छन्।

१२ औं राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा दोस्रो रनरअप बन्दै प्रजापति अन्तर्राष्ट्रिय च्याम्पियनसिपका लागि छनौट भएका हन् । रूपन्देहीको बुटवलस्थित एपेक्स स्कुलमा आयोजित राष्ट्रिय प्रतियोगितामा देशका ३७ जिल्लाका १०६ जना प्रतिस्पर्धीहरूको सहभागीता थियो । ती प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै तुलजले उत्कृष्ट प्रदर्शनका साथ देशकै लागि गौरवपूर्ण स्थान हासिल गरेका हुन्।

विद्यालय स्तरबाट च्याम्पियन बन्दै जिल्ला च्याम्पियनशिप जितेका तुलजले राष्ट्रिय मञ्चमा समेत आप्नो उत्कृष्ट प्रस्तुति दिन सफल भएका थिए । उक्त राष्ट्रिय प्रतियोगितामा भक्तपुर जिल्लाबाट छनोट भएका कुल ९ जना जिल्ला च्याम्पियन विद्यार्थीहरूको समेत सहभागीता थियो। जसमध्ये विनायक शिक्षा निकेतनकै अन्य दुई विद्यार्थीहरू सागर दुलाल र सुलभ प्रजापतिले समेत प्रतियोगितामा अत्यन्तै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

विद्यार्थी तुलज प्रजापतिले राष्ट्रिय स्तरमा उच्च सफलता कायम गर्दै अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा निकै खुसि भएको विद्यार्थी तुलज प्रजापतिले बताएका छन् ।

उक्त सफलताले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको श्रेत्रमा समेत महत्वपूर्ण भुमिका खेलेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले बताउनुभयो ।


प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?