काठमाडौं । मोइन अलीको अर्ध शतक मद्यतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ ।
बिहिबार भएको पहिलो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउने क्रममा जनकपुरका लागि मोइन अलीले ३ छक्का ३ चौका मद्यतमा अविजित ५८ रन बनाए । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष पछ्याउने क्रममा सैफ हसनले अविजित ४० रन बनाए ।
त्यसअघि टस जितेर व्याटिङ थालेको काठमाडौंले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो ।
काठमाडौंका लागि भिम सार्कीले ३३ रन बनाए । राहुल यादवले ४ विकेट लिँदै काठमाडौंलाई सस्तैमा समेट्न योगदान पुर्याउँदा काठमाडौँका ब्याटरहरुले ठूलो स्कोर खडा गर्न सकेनन् ।
६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमाण्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो । साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए । त्यसपछि पनि काठमाण्डुले लगातार विकेट गुमाउँदै गयो । रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट हुँदा मोहम्मद आदिल आलम पहिलो बलमै एनबीडब्लुको शिकार बने । रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे ।
पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहीबार









